२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अनेरास्ववियु कर्णालीको घोषणापत्र : विद्यार्थीलाई घरभाडादेखि विद्युत महसुलमा छुट

Nada
२०८१ फागुन २६ गते १७:५५
Shares
अनेरास्ववियु कर्णालीको घोषणापत्र : विद्यार्थीलाई घरभाडादेखि विद्युत महसुलमा छुट

सुर्खेत : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले स्ववियु निर्वाचन विशेष प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

ncell

अनेरास्ववियुले प्रत्येक आङ्गिक क्याम्पसमा आकस्मिक/प्राथमिक स्वास्थ्योपचार केन्द्रलाई थप व्यवस्थित गर्ने, बहालमा बस्ने विद्यार्थीहरूलाई विद्युत महसुलमा २५ युनिटसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्न पहल गर्ने जनाएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै अनेरास्ववियु कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश वलीले बहालमा बस्ने विद्यार्थीहरूका लागि सहुलियत दरमा इन्डक्सन चुलोको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घरभाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने, अनेरास्ववियुको आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्थालाई प्रभावकारी कार्यान्वयवन गर्ने, लामो दुरीको यातायातमा अनिवार्य छुटको व्यवस्था मिलाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, सडक सञ्जालले नजोडिएका विकल्पविहीन हवाई यात्रामा विद्यार्थी छुटका लागि पहल गर्ने, विद्यार्थीहरूको स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने अनेरास्ववियुले प्रतिबद्धता जनाएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इन्चार्ज गोरखबहादुरर बोगटी, सुर्खेत जिल्ला उपाध्यक्ष मोहन बुडुवाल लगायतका नेताको सहभागिता रहेका थियो ।

ताजा खबर

सम्बन्धित खबर