२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपाल हङकङसँग २ रनले पराजित

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते २०:४९
नेपाल हङकङसँग २ रनले पराजित

काठमाडौं : युगान्डामा जारी वुमन्स डे टी-२० कपमा नेपाल हङकङसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई जितका लागि अन्तिम बलमा ४ रन चाहिएको थियो । तर ईश्वरी विष्टले १ रन मात्रै लिन सकेपछि नेपाल पराजित हुन पुग्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । ३३ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । पूजा महतो १९, बिन्दु रावल १४ र सना प्रविण १० रनमा आउट हुँदा रोमा थापा १३ र ईश्वरी २ रनमा नटआउट रहिन् । हङकङकी मारिको हिलले सर्वाधिक २ विकेट लिइन् । एल्सन सिउ र क्यारी चानले समान १-१ विकेट लिए ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो । हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१  तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् । नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान २-२ तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान १-१ विकेट लिए ।

यसअघि नेपालले २ मध्ये १ खेलमा जित र १ खेलमा हार व्यहोरेको थियो । शनिबार नामिबियासँग पराजित भएको नेपालले आइतबार घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । 

प्रतियोगितामा सहभागी ४ टोली अब फेरि एकआपसमा भिडेपछि शीर्ष २ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise