२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

प्रधानमन्त्री कप क्रिकेट : मधेशद्वारा कोशीलाई २८५ रनको लक्ष्य

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते १२:५९
प्रधानमन्त्री कप क्रिकेट : मधेशद्वारा कोशीलाई २८५ रनको लक्ष्य

रुपन्देही : भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङमा मधेश प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए । सुरुदेखि बलियो देखिएको मधेशलाई हरिशंकर साहले राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेस दासले थप रन जोडे ।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दिपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे । बलिङमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २-२ विकेट र फिरदोस अन्सारी तथा दिपेस कँडेलले १ विकेट लिए ।

ADV

सम्बन्धित खबर

Advertise