२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा छुट

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २१:०८
ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकले काठमाडौं नयाँबजारस्थित डेकोर प्यालेसमा विशेष छुट पाउने भएका छन् । बैंक र डेकोरबीच सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका सामग्री पाइन्छ । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise