२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

३४ विधामा दोस्रो डाइमण्ड म्युजिक अवार्ड प्रदान

ADV
मध्यान्ह
२०८१ असार १७ गते १६:०४
३४ विधामा दोस्रो डाइमण्ड म्युजिक अवार्ड प्रदान

काठमाडौं : विभिन्न ३४ विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै ‘दोस्रो डाइमण्ड म्युजिक अर्वाड–२०८१’ काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान प्रदान गरे । अग्रज गायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मानबाट कार्यक्रममा सम्मानित गरियो । 

कार्यक्रममा आधुनिक संगीतको विधामा संगीतकारको अवार्ड तुल्सी राम विकान्छा, संगीतकारकै जुरी अवार्ड दिपक शर्मा, गायकको अवार्ड रमेश राज भट्टराई तथा गायनमै जुरी अवार्ड गोविन्द मधुर आचार्यले प्राप्त गरे । यस्तै आधुनिक गायिकाको अवार्ड रचना रिमाल, गायिकाको जुरी अवार्ड प्रतिमा केसी, नव गायकको अवार्ड आश्रय रञ्जित, नव गायककै जुरी अवार्ड दिपक बराल र नवमै पब्लिक च्वाइस अवार्ड सन्तोष राजले हासिल गरे । 

आधुनिक संगीतमै गीतकारको अवार्ड मनोज सिग्देल र गीतकारतर्फ जुरी अवार्ड माधव राज खरेलले प्राप्त गरे । यस्तै विक्रम बुढाथोकीलाई उत्कृष्ट पुरुष मोडल अवार्ड, हिराकाजी सेन्चुरीलाई मोडलकै जुरी अवार्ड, शिल्पा पोख्रेलले महिला मोडल अवार्ड र सञ्चिता शाहीले महिला मोडलको जुरी अवार्ड प्राप्त गरिन् । 

अवार्ड समारोहमा यो वर्षको राष्ट्रिय भावको गीतको अवार्ड गायक कुमार पौडेल तथा राष्ट्रिय भावकै जुरी अवार्ड गायक शोभाकर भट्टराईले हासिल गरे । यस्तै भाषाभाषी चाडपर्व गीततर्फ गायकको अवार्ड भरत भट्ट, गायककै जुरी अवार्ड प्रकाश गौतम, गायिकाको अवार्ड चीजा तामाङ र गायिकाकै जुरी अवार्ड राधीका ढकालले प्राप्त गरे ।

यस्तै काँठे लोक तथा दोहोरीतर्फ गीतकारको अवार्ड राज कुमार खनाल, गीतकारकै जुरी अवार्ड गोविन्द दुलाल, गायककै पब्लिक च्वाइस अवार्ड साजन पराजुली, लयतर्फको अवार्ड मोहन खड्का, लयतर्फ नै जुरी अवार्ड आकृती हुमागाईंले जुरी र पब्लिक च्वाइस अवार्ड सावित्री गौतमले हासिल गरे । यस्तै काँठे लोक तथा दोहोरीतर्फ गायकको अवार्ड राम कुमार नेपाली, जुरीको अवार्ड सुदर्शन अधिकारी, पब्लिक च्वाइस अवार्ड संगम थापा, नव गायकको अवार्ड बद्रि सिटौलाले पाए भने नवतर्फ नै जुरी अवार्ड भिमसेन श्रेष्ठले प्राप्त गरे । यस्तै यही विधामा गायिकाको अवार्ड प्रतिमा अर्यार्ल, पब्लिक च्वाइस अवार्ड कोपीला तामाङ, जुरी अवार्ड पार्वती कार्की, नव गायिकाको अवार्ड लक्ष्मी दर्नाल, नव गायिकामै जुरी अवार्ड ललीता भुजेल र पब्लिक च्वाइस अवार्ड मिना रायमाझीलाई प्रदान गरियो । 

काँठे लोक तथा दोहोरी भिडियोतर्फ पुरुष मोडलको अवार्ड सरोज दाहाल, नृत्यतर्फ पुरुष मोडलको अवार्ड संजीव ठकुरी र पुरुष मोडलकै जुरी अवार्ड सुमन कालिकोटेले हासिल गरे । काँठो दोहोरीमै म्युजिक भिडियोतर्फ नव मोडलको अवार्ड श्रीजन पण्डित र जुरी अवार्ड सुरज श्रेष्ठले हासिल गरे । यस्तै आयुष्मा कार्कीले महिला मोडलको अवार्ड, अनु पराजुलीले महिला मोडलको जुरी अवार्ड, अञ्जु गुरुङले नव महिला मोडल अवार्ड प्राप्त गरे भने अमोन रानालाई काँठे लोक दोहोरी निर्देशनको अवार्ड प्रदान गरियो ।

यस्तै लोक दोहोरी विधामा गीतकारको अवार्ड इन्द्र दाहाल, गीतकारकै प्रोत्साहन अवार्ड नविन बाबु विश्वकर्मा, लोकदोहोरीमै संगीतकारको अवार्ड शान्त शिशिले हासिल गरे भने संगीतकारको जुरी अवार्ड उमेश सिंह ठगुन्नाले हासिल गरे । लोकदोहोरीमै गायकको अवार्ड अर्जुन सापकोटा, लोकगीत गायकको अवार्ड जगत बहादुर घर्ती, दोहोरी गीत गायकको जुरी अवार्ड बाल कुमार श्रेष्ठ, नव गायकको अवार्ड शंकर ढकाल, लोकदोहोरी गायिकाको अवार्ड मिना लामा र यही विधामा जुरी अवार्ड सुमित्रा तामाङले प्राप्त गरे । लोक दोहोरीमै नवगायिकाको अवार्ड लक्ष्मी खड्का, म्युजिक भिडियो पुरुष मोडल अवार्ड शिशिर पौडेल, यसमै महिला मोडलको अवार्ड रिना थापा, महिला मोडलकै जुरी अवार्ड गरिमा शर्मा र लोक दोहोरी गीत भिडियो निर्देशनको अवार्ड काजीस श्रेष्ठले जिते ।

कार्यक्रममा जीत सागर रावतले प्रत्यक्ष दोहोरी गायकको अवार्ड, इप्सल सन्जेलले प्रत्यक्ष लोक दोहोरी गायिकाको अवार्ड हासिल गरे । दिपक विष्टलाई म्युजिक भिडियो सम्पादनको अवार्ड, कुमार रानालाई गीत ध्वनि सम्पादनको अवार्ड, कुमार सानु पुनलाई ध्वानी मिश्रणको जुरी अवार्ड, जिवन बडुलाई संगीत संयोजनको अवार्ड, नारायण ढुंगाललाई काँठे लोक दोहोरी गीत संगीत संयोजनको अवार्ड र रक कौशलला२ छायाँकारको अवार्ड प्रदान गरियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । अग्रज गायक तथा निर्देशक नारायण रायमाझी, क्याप्टेन तथा अभिनेता विजय लामा, अभिनेत्री सरिता लामिछाने, गायक शिव नारायण जोशी, गायिका तीर्थ कुमारी थापा, गायकहरु हरि बहादुर राउत, घमेश दुलाल, गायक चन्द्र शर्मा, गायिका इन्दिरा गोले गुरुङ, हास्य कलाकार किरण केसी, पत्रकारहरु बिदुर गिरी, प्रकाश सुवेदी, विश्वमणी सुवेदी, अभिनेताहरु धिरेन शाक्य, विराज भट्ट, पल साह, सागर लम्साल, सञ्चारकर्मीहरु चन्द्रमणी गौतम, कमल सरगम, शरण हुमागाईं र विनिता कुँवर क्षेत्री, मोडल आयुष्मा सिम्खडा, राजकुमार ब्लोनललगायत सम्मानित भए । 

सिम्रन दुलाल (कुसुम)को अध्यक्षतामा एन.एस.म्युजिक प्रा.लि.द्वारा आयोजित कार्यक्रमको संयोजक नमराज ढुँगाना थिए । अवार्डको निर्णायक प्रमुखमा गायक घमेश दुलाल र निर्णायकमा गायकहरु चन्द्र शर्मा, हेमन्त शिशिर, हिमाल श्रेष्ठ, नविन कुमार पौडेल, इन्द्र जि.सी., संगीतकार नरहरि प्रेमी, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक रविता मगर थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise