२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते ११:२३
महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौंः चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । 

नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।

नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।  
 

ADV

सम्बन्धित खबर

Advertise