२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १२:५७
नामिबियाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ : चार देशीय महिला टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नामिबीयाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

जारी प्रतियोगितामा दुई हार बेहोरेको नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई एक विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो । 

नेपाल प्रतियोगितामा अघि बढ्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । नामिबियाले पनि नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन । यसअघि हङकङसँग चार विकेटले पराजित भएको नामिबिया युगान्डासँग एक रनले पराजित भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise