२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

पुरुषतर्फ सन्दीपसहित ५ खेलाडी ग्रेड ‘ए’मा, महिलातर्फ पूजासहित ४ खेलाडी ग्रेड ‘ए’मा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १९:१३
पुरुषतर्फ सन्दीपसहित ५ खेलाडी ग्रेड ‘ए’मा, महिलातर्फ पूजासहित ४ खेलाडी ग्रेड ‘ए’मा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले बुधबार महिला र पुरुषतर्फको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको वार्षीक कन्ट्र्याक्टलाई ६ महिनापछि पुनः मूल्यांकन गरिने क्यानले जनाएको छ ।

सार्वजनिक वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन् ।

यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन् । ग्रेड ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन् । ललित यसअघि पनि यही ग्रेडमा थिए । अनिललाई भने पहिलोपल्ट क्यानले वर्गीकरणमा समेटेको हो ।

ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । ग्रेड ‘बी’मा रहेका अलराउन्डर कुशल मल्लसँगै आरिफ शेख घटुवामा परेका हुन् ।

ग्रेड ‘डी’मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।

इमर्जिङमा दीपेश प्रसाद कँडेल (कोशी), रुपेशकुमार सिंह (मधेश), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुरपश्चिम) रहेका छन् ।

यस्तै महिलातर्फत कप्तान इन्दु बर्मासहित चार खेलाडी ग्रेड ‘ए’ मा परेका छन् । यसअघि यो ग्रेडमा इन्दुसहित अलराउन्डरद्वय रुविना क्षेत्री र सीतारानामगर मात्रै थिए । यसपल्ट भने अर्का अलराउन्डर पूजा महतोलाई पनि ग्रेड ‘ए’ मा बढुवा गरिएको छ । 

ग्रेड ‘बी’मा कविता जोशी, ग्रेड ‘सी’मा कविता कुवँर र सम्झनाकुमारी खड्का तथा ग्रेड ‘डी’मा विन्दु रावल, अलिशाकुमारी यादव, मनीषा कुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सीमाना केसी, कृष्णा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी रहेका छन् ।

पुरुषतर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीका खेलाडीले क्रमशः १ लाख, ७० हजार, ५५ हजार र ३५ हजार रुपैयाँ तलब पाउनेछन् । इमर्जिङ खेलाडीले २५ हजार रुपैयाँ तलब पाउनेछन् । त्यस्तै महिलातर्फ ‘ए’ ‘बी’ ‘सी’ र ‘डी’ क्याटगोरीमा रहेका खेलाडीले क्रमशः ५० हजार, ३५ हजार, २५ हजार र २० हजार रुपैयाँ तलब पाउनेछन् ।

ADV

सम्बन्धित खबर

Advertise