काठमाडौं : नेपाल क्रिकेट संघ ‘क्यान’ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । खेलाडी वर्गीकरणको चौतर्फी विरोधपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने तयारी गरेको हो ।
क्यानले आज एक विज्ञप्ति प्रकाशित गर्दै खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको जनाएको हो ।
गत साता चितवनको भरतपुरमा भएको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण अनुमोदन गरेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै क्रिकेट खेलाडी संघ नेपाल ‘सीप्यान’ ले पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको बर्गिकरण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies