२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

पोखरा फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:१९
पोखरा फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा : पोखरा फाइनान्स लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको २८औँ वार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष राजकुमार गुरुङले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले २८ वर्ष पुरा भएसँगै संस्थाले अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै ठूलो संख्यामा ग्राहकलाई सेवा दिएको बताए । साथै, उनले संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा पनि संस्थाले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थाको निरन्तर यात्रामा सहयोग पुर्‍याउने ग्राहक, शेयरधनी, शुभचिन्तक, कर्मचारी र नियामक निकायप्रति धन्यवाद व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise