२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २१:२०
सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान

काठमाडौं : सिद्धार्थ बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौ’ अभियान सार्वजनिक गरेको छ । बैंकले एफ १ सफ्ट र फोनपे  सँगको सहकार्यमा सो अभियान सार्वजनिक गरेको हो ।  

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा एक सय रुपैयाँको मोबाइल टपअप र पाँच सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुने बैंकले जनाएको छ ।

यस अभियान अन्तर्गत, प्रत्येक हप्ता एक सय जना भाग्यशाली विजेताहरूले एक सय रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise