२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ देखि

Nada
२०८१ चैत ६ गते १७:५१
Shares
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ देखि

काठमाडौंः अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ । 

ncell

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने यस मेलामा देशभरका महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिइन्। 

उनका अनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहनेछ । जम्मा एक सय ४४ वटा बिक्री स्टलहरू राखिनेछ । जसमा दुई वटा ‘प्याभिलियन’ राखिनेछ । त्यसैगरी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइनेछ ।

करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घको अनुमान छ । यस मेलामा करिब रु दुई करोड २५ लाख बरावरको कारोबार गर्ने अनुमान गरिएको छ ।  

ताजा खबर

सम्बन्धित खबर