२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

एनएमबि बैंक, आईएफसी र ईयूबीच साझेदारी

draupadi film
मध्यान्ह
२०८१ चैत ६ गते २१:४५
एनएमबि बैंक, आईएफसी र ईयूबीच साझेदारी

काठमाडौ :  एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो ।

बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ बारे तालिम दिइएको हो ।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ । यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पु¥याउने विश्वास बैंकको छ ।


आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी अभ्यासहरूबारे तालिममा बताइएको थियो । तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।

तालिममा सहभागीहरूले वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा जान्ने मौका पाएका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise