२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

कृष्णनगर भन्सार नाकामा पटके सेवा सुरू

draupadi film
शहबाज खान
२०८१ चैत ७ गते २१:५८
कृष्णनगर भन्सार नाकामा पटके सेवा सुरू

÷मध्यान्ह
कपिलवस्तु, ७ चैत
कृष्णनगर भन्सार नाका हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारी साधनलाई सुविधा दिन पटके सेवा सुरू भएको छ । यसअघि तौलिहवा वा बुटवल जानुपर्ने बाध्यता हटाउँदै भन्सार नाकामै पटके सेवा उपलब्ध गराइएको हो । 
यातायात व्यवस्था सेवा कार्यालय, तौलिहवाको मातहतमा कृष्णनगर भन्सार नाकामा स्थापित नयाँ एक्सटेन्सन शाखाबाट अब भारतीय पर्यटक तथा अन्य आगन्तुकहरूले सोझै सेवा पाउनेछन् । कार्यालय प्रमुख गोबिन्द चौधरीका अनुसार, यस सेवाले सीमा व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।
पूर्वसांसद अभिषेक प्रताप शाहले पटके कार्यालय नाकामै खुल्दा स्थानीय व्यापार, कृष्णनगर बजार, र नेपालका धार्मिक स्थलहरूमा चहलपहल बढ्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ, कृष्णनगरका अध्यक्ष रितेश शर्माले पटके शुल्क केही महंगो भएको भन्दै सम्बन्धित निकायसँग शुल्क समायोजनको माग समेत गरेका छन् । 


बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो सेवा पुरानो नगरपालिका भवनमा यातायात व्यवस्था सेवा कार्यालयको एक्सटेन्सन शाखा स्थापना गरेर सुरू गरिएको हो । यसले भारतीय गाडीमार्फत नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise