भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । नेपाल नगरपालिका संघको ३२ औं वार्षिक उत्सवको अवसरमा सांस्कृतिक, वातावरण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको आधारमा उत्कृष्ट नगरपालिका पुरस्कारबाट मध्यपुर थिमि पुरस्कृत भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकालाई पुरस्कृत गरे । नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीलाई पुरस्कार प्रदा नगरिएको थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा वातावरण, संस्कृति र पर्यटकीय क्षेत्रमा उल्लेखनीय कार्य गरेको वापत पुरस्कार दिइएको हो ।
पुरस्कार पाए पछि नगर प्रमुख सुरेन्द्र सरेस्थले नगरपालिकाले स्थानीय बासिन्दाको साथ सहयोगबाट नगरभित्र रहेका विभिन्न मूर्त अमूर्त सम्पदाहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ गरिएका विभिन्न प्रयासहरूको उच्च मूल्याङ्कन भएको बताए ।
आउँदो वर्षहरूमा सम्पदा र संस्कृतिलाई ध्यानमा राखी कार्य गर्ने रणनीति नगरपालिकाले लिएको यनले बताए । उनका अनुसार पर्यटन बढाउनका लागि २७ चैतमा मध्यपुर थिमीको नगदेशमा धिमेबाजा प्रतियोगिता आयोजना हुँदैछ ।