२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्टमेन्ट अवार्ड सम्पन्न

Nada
२०८१ असार १८ गते १८:५३
Shares
इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्टमेन्ट अवार्ड सम्पन्न

काठमाडौं : इजिप्टको राजधानी कायरोस्थित होटल ग्राण्ड पिरामिडमा नेपाल फेसन एण्ड इन्टरटेन्टमेन्ट अवार्ड–२०२४ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा भएको कार्यक्रममा नेपाली मनोरञ्जन क्षेत्रका करिब डेढ दर्जन व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

ncell

अफ्रिका महादेशको ऐतिहासिक इजिप्ट देशको राजधानी एवम् पर्यटकीय शहर कायरोस्थित चारतारे होटल ग्राण्ड पिरामिडको प्रेक्षालयमा सम्पन्न सो अवार्ड कार्यक्रममा विविध विधागत अर्वाडहरु वितरण गरिएको थियो । जसमा वरिष्ठ पप गायक धिरज राईलाई किङ अफ पपको उपाधिले सम्मान गरिएको थियो ।

त्यस्तै प्रोमिनेन्ट ब्यूटी एक्स्पर्ट सजना खतिवडा, एस्पायरिङ, डे«स डिजाइनर गीता वि.के, बेष्ट हेन्डीक्राफ्ट डिजाइनर मानवहादुर वि.के., पपुलर इन्डिजिनियस सोसियल एक्टीभिस्ट रुपा खवास, इन्फ्लुएनसिएल टाइटल विनर (मिसेस) सन्तु लामा, बेस्ट डेब्यु मोडल (फिमेल) आदत बन्यौबाट रश्नी तामाङ, बेस्ट भिडियो एडिटर टेकेन्द्र शाह, बेस्ट फोटोग्राफर अफ द इयर दिपक मैनाली, बेस्ट टाइटल विनर (मिसेस) निशु काफ्ले, एडमाइरेवल हेयर स्टाइलिस्ट लक्ष्मी भुषाल, बेस्ट सेट डिजाइनर रमेश श्रेष्ठ, पपुलर ब्युटीसियन सम्झना तामाङ र इन्स्पायरिङ टाइटल विनर (मिसेस) सोनिका राईले प्राप्त गर्न सफल भए ।

कार्यक्रममा वरिष्ठ पप गायक धिरज राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने हिमालयन मुभिजकी सीईओ तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले झण्डै दर्जन हाराहारी मोडललाई  र्‍याम्पमा उतारेकी थिइन् । 

इजिप्टका पर्यटन व्यवसायी समीर अहमद, चारतारे होटल ग्राण्ड पिरामिडका जिएम एवम् व्यवसायी अहमद अब्दुल हमीद तथा ओवराय ग्रुप लक्जरका जिएम एवम् व्यवसायी साम्देन तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले गरेका थिए । नेपाली कला, संस्कृतिको उत्थान एवम् प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा सो अवार्ड कार्यक्रमको आयोजना गत वर्षको बैंकक संस्करणकै निरन्तरता रहेको आयोजक पक्षले जानकारी गराएको छ ।

ताजा खबर

सम्बन्धित खबर