२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

संस्कृति नै देशको पहिचान हो : कोइराला

ADV
मध्यान्ह
२०८१ असार १८ गते १९:००
संस्कृति नै देशको पहिचान हो : कोइराला

काठमाडौं : गत जुन २७ देखि जुलाई १ सम्म आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ नेपाल फर्किएका छन् ।

उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको विशेष निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन् । ५ दिनसम्म चलेको सम्मेलनको उद्घाटन उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्झियोयेवले गरेका थिए भने सम्मेलनको आयोजना संस्कृति मन्त्रलएले गरेको थियो ।

विश्वको ८० भन्दा बढी देशबाट उपस्थित संस्कृतविद्हरु, कलाकारहरु तथा प्रतिनिधिहरुको बीचमा नेपाली परम्परागत एवम् मौलिक लोककला र लोकसंस्कृतिको विषयमा कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले जसरी उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै विश्वालाई मकोम कलाको बारेमा प्रचारप्रसार गराउँदै आएको छ त्यसले हरेक देशले आफ्नो कला संस्कृतिको सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै युव पिढीलाई हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । कोइरालाले भने, ‘संस्कृति नै देशको पहिचन हो । यसको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्न सधैं सरकारको मात्रा मुख नताकी सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise