२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

बझाङमा अनुमानित क्षयरोगीमध्ये ४७ प्रतिशतमात्र उपचारको दायरामा

draupadi film
सत्यराज सिंह
२०८१ चैत १२ गते ०८:४५
बझाङमा अनुमानित क्षयरोगीमध्ये ४७ प्रतिशतमात्र उपचारको दायरामा

बझाङ : राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ का आधारमा  बझाङ जिल्लामा वार्षिक रूपमा करिब ४१५ जना नयाँ क्षयरोगी थपिने अनुमान गरिएको छ । तर, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य संस्थामा उपचारका लागि दर्ता हुने क्षयरोगीको संख्या कम भएको पाइएको छ । 

यस अवधिमा जम्मा १८७ जना मात्र उपचारको दायरामा आएका छन् । जुन कुल अनुमानित सङ्ख्याको ४७ प्रतिशत मात्र हो । यस्तै, चालु आर्थिक वर्षमा पनि बझाङका स्वास्थ्य संस्थामा क्षयरोगी दर्ता हुने दर ओरालो लागेको देखिन्छ ।

सोमबार विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ८४ जना मात्र क्षयरोगी पत्ता लागेका छन् । 

स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीका अनुसार, हाल क्षयरोग अन्त्य रणनीतिअनुसार देशभर क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालन भइरहेको छ । बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकामा क्षयरोग मुक्त पालिका अभियान लागू गरिएको भए पनि उल्लेखनीय संख्यामा क्षयरोगी पत्ता लगाउन सकिएको छैन । 

जोशीका अनुसार, क्षयरोग नियन्त्रणका लागि सक्रिय क्षयरोग खोजपड्ताल, सम्पर्क परीक्षण, र समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक छ । साथै, संक्रमित व्यक्तिहरूलाई स्वास्थ्य संस्थासम्म पु¥याउने प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने जोशीको भनाई छ ।

बझाङ जिल्लामा क्षयरोगको निदानका लागि ८ वटा नियमित माइक्रोस्कोपी केन्द्रहरू तथा एउटा एमडब्लूआरडी साइट सञ्चालनमा छन् । साथै, उपचारका लागि ५७ वटा उपचार केन्द्रहरूमार्फत क्षयरोगसम्बन्धी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ । 

समयमै पहिचान र सम्पूर्ण उपचार नगरेमा क्षयरोग सजिलै फैलिन सक्ने भएकाले सचेत रहन जरुरी रहेकोसमेत जोशीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise