२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मानबाट विभिन्न व्यक्तित्व विभूषित

draupadi film
मध्यान्ह
२०८१ चैत १३ गते २१:४६
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मानबाट विभिन्न व्यक्तित्व विभूषित


काठमाडौं : विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा बैंककमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको हो ।

समारोहमा इशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरेका थिए भने नृत्य निर्देशक÷कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरूङ रसाल, पुजन काफ्ले लगायतले आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका थिए ।  

समारोहमा सिक्किममा रहेर नेपाली गीत, संगीत भाषा, साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा अतुलनीय योगदान पु¥याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राज लुईंटेल, गायक÷संगीतकार रामबावु राहुत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्सप्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरूणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेल लगायतलाई सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताए ।

थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आइरहेका सामाजिक व्यक्तित्व सुनील खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise