काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेड र काठमाडौंको बागबजारस्थित क्यापिटल हस्पिटल प्रा.लि.बीच समझदारी भएको छ ।
उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका सम्पूर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले २०८१ असार १२ गतेदेखि २०८३ असार ११ गतेसम्म समृद्धि मोबाइल बैकिङ र डेबिट कार्ड प्रयोग गरी क्यापिटल हस्पिटलमा स्वस्थ्य उपचार सेवामा भारी छुट पाउने छन् ।
समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार फाइनान्सका सम्पूर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रिया शुल्क)मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूका लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरुमार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।