२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

आलु बेचेर राजश्व उठाउँदै छत्रदेव गाउँपालिका

draupadi film
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख ५ गते २१:३४
आलु बेचेर राजश्व उठाउँदै छत्रदेव गाउँपालिका

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ । 

गाउँपालिकाको आठवटै वडामा शिक्षा, स्वास्थ्य, सडक खानेपानीका कामहरुलाई तीव्रता दिँदै अगाडि बढेको पालिका यस वर्षबाट आलु उत्पादन गरेर राजश्व उठाउन सुरु गरेको गाउँपालिका अध्यक्ष  चन्द्रमान श्रेष्ठले बताए । व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई  छत्रदेव गाउँपालिकाले आफ्नै लगानीमा  आलुखेती  सञ्चालन गरेको थियोे । आलुखेतीका लागि  उपयुक्त रहेको  छत्रदेव गाउँपालिका  वडा नम्बर ४ मा रहेको फर्शुरामेश्वर गुठीको  बाँझो जग्गा भाडामा लिएर आलुखेती सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । 

‘गाउँपालिकाको आर्थिक उन्नतीको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको छत्रदेव ३  मा  आलुखेती सञ्चालन गरिएको हो ।’

छत्रदेव गाउँपालिका वडा नम्बर ४ को सो बाँझो जग्गामा  गाउँपालिकाले ९ क्विइन्टल आलुको बीउ खरिद गरी लगाएको लोकल जातको अर्गानिक आलु झण्डै ६० क्विइन्टल उत्पादन भएपछि गाउँपालिकाले शुक्रबारबाट ४० किलो भन्दामाथि  खरिद गर्ने  नागरिकलाई ५०  रुपैयाँ र  सो भन्दा तल खरिद गर्ने नागरिकहरुका लागि ५५ रुपैयाँ  मूल्य  निर्धारण गरी बिक्रीवितरण सुरु गरेको प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए । 

गाउँपालिकाले आलु उत्पादन सुरु गरेपछि गाउँका किसानहरु पनि आलु लगाउन उत्साहित छन् ।  गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार कृषि क्रान्तिलाई  मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्नेदेखि किसानहरुलाई कृषि खेती गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि २०८१ सालदेखि सो जग्गामा   आलु खेती  सञ्चालन गरिएको हो ।

गाउँपालिकाले आलुखेती सञ्चालन गर्दा सुरुको वर्ष ९ कुइन्टल बीउ  खरिद गरेको थियो । सो बिउबाट झण्डै ५० क्विइन्टल आलु यस वर्ष उत्पादन भएको छ  ।

कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँका बेरोजगार युवायुवतीलाई रोजगारी दिने खालका कामहरु गाउँपालिकाले संचालन गरेको देख्दा  आफूहरू खुसी भएको छत्रदेव ४ का युवा भानु पराजुलीले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise