२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते १७:४५
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।”

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औं दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी हुन् ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको भए पनि निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

राजीनामा दिनुअघि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गरेकी थिइन् ।

चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise