काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पीनर सन्दीप लामिछाने आइपीएल अक्सनमा अन्सोल्ड भएका छन् । उनले पछिल्लो तीन संस्करण दिल्लीबाट खेलेका थिए । दिल्लीले रिलिज गरेको थियो । उनले बेस प्राइस ४० लाख राखेका थिए । तर उनलाई कुनैपनि टिमले बोली लगाएनन् ।
पछिल्लो तीन संस्करण नौ खेल खेली दिल्लीको लागि १३ विकेट लिएका थिए । पछिल्लो सिजनमा भनर उनले कुनै खेल्ने मौका पाएका थिएनन। सन २०१८ मा ३ खेलमा ५ विकेट र सन २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए ।
ग्लोबल आइकन सन्दीपले विश्वको अधिकांश लिग खेलेका छन् । तर यो पटक भने उनी आइपिएलमा अनसोल्ड रहे । नेपालबाट यो पटक करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले नाम दर्ता गराएका थिए । जसमा सन्दीपको नाम मात्र सर्ट लिस्टमा परेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies