२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

सीमाका नागरिकलाई सैलुन संचालन तालिम

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २६ गते २१:०२
सीमाका नागरिकलाई सैलुन संचालन तालिम

रौतहट : रौतहटको गौर नगरपालिकामा सीपमूलक सैलुन संचालन ‘केस कर्तक’ तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वाटरको आयोजनामा सीमाबासी समुदायलाई लक्षित गर्दै तालिम संचालन गरिएको हो । समापन कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह प्रमुख अतिथि रहेका थिए ।

तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्ने लक्ष्य राखेको थियो । तालिममा सहभागीहरूले व्यावसायिक रूपमै सैलुन संचालन गर्न सक्ने सीप प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि साहले तालिम प्राप्त महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै भविष्यमा पनि यस्ता सीपमूलक तालिमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू, स्थानिय जनप्रतिनिधि तथा समुदायका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर