२०८१ भदौ २४ गते सोमवार / Sep 09 , 2024 , Monday
२०८१ भदौ २४ गते सोमवार

हसन राईको ‘मखमली चोली’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असार २३ गते १९:३३
हसन राईको ‘मखमली चोली’ सार्वजनिक

काठमाडौं : गायक हसन राईको स्वरमा रहको गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ । काठमाडौंको बानेश्वरस्थित होटल अर्यालमा एक कार्यक्रम आयोजना गर्दै ‘मखमली चोली’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ । फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहेको कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा गीतकार आनन्द अधिकारी, संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, गायक सिताराम पोखरेल, संगीतकार डक्टर किराँत, कलाकार विष्णु रिजाल, गायक रुपकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन् । रेस्क्यु क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड छन् । भिडियोमा लाहुरेसँगको मायाको कथालाई प्रस्तुत गरिएको छ । भिडियोका निर्माता प्रयास राई हुन् । भिडियो रोसन राई ‘पालुवा स्टार’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने अतिथिहरूले भिडियो उत्कृष्ट बनेको र हसन राईको स्वर राम्रो भएको बताए । प्रमुख अतिथि कुलपति राईले एक प्रतिभावान गायक हसनलाई संगीत क्षेत्रले पाएको बताए ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise