२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

साइपालमा सबैभन्दा कम र सुर्मा गाउँपालिकामा सबैभन्दा बढी बेरुजु

सत्यराज सिंह
२०८२ जेठ १ गते २१:०२
साइपालमा सबैभन्दा कम र सुर्मा गाउँपालिकामा सबैभन्दा बढी बेरुजु

बझाङ : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार बझाङ जिल्लामा सबैभन्दा कम बेरुजु साइपाल गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी बेरुजु सुर्मा गाउँपालिकामा देखिएको छ । 

प्रतिवेदनअनुसार संघीयदेखि स्थानीय तहसम्म गरिएको लेखापरीक्षणको क्रममा बझाङका १२ स्थानीय तहमध्ये साइपाल गाउँपालिकाको बेरुजु रकम सबैभन्दा न्यून ०.४५ प्रतिशत मात्र देखिएको हो ।

त्यसपछि जयपृथ्वी नगरपालिका ०.८५ प्रतिशत र तलकोट गाउँपालिका १.१८ प्रतिशत क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानमा मष्टा गाउँपालिका १.२७ प्रतिशत छ भने पाँचौँमा दुर्गाथली १.३५ प्रतिशत, छैटौँमा खप्तडछान्ना १.५९ प्रतिशत, सातौँमा केदारस्युँ १.८० प्रतिशत, आठौँमा छविसपाथिभेरा १.९९ प्रतिशत र नवौँमा थलारा गाउँपालिका २.३३ प्रतिशत रहेका छन् ।

त्यसैगरी, वित्थडचिर गाउँपालिकामा २.४० प्रतिशत र बुंगल नगरपालिकामा २.६९ प्रतिशत बेरुजु देखिएको छ । सबैभन्दा धेरै बेरुजु देखिएको सुर्मा गाउँपालिकामा ५.९ प्रतिशत पुगेको छ । साइपाल गाउँपालिकाका लेखापाल पवनप्रकाश भट्टराईले आफ्नो पालिकामा बेरुजु न्यून हुनुमा सबैको सक्रिय सहयोग र पारदर्शी प्रशासनिक अभ्यासको भूमिका रहेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

ADV

सम्बन्धित खबर