२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

दासढुंगा दुर्घटना : अयोग्यताको ऐना 

मध्यान्ह
२०८२ जेठ ४ गते ०७:०५
दासढुंगा दुर्घटना : अयोग्यताको ऐना 

३ जेठ २०५०, नेपाली राजनीतिका निम्ति कहिल्यै बिर्सन नसकिने दुखद् दिन थियो । त्यसदिन नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको दासढुंगा दुर्घटनामा ज्यान गएको थियो । पोखराको एक कार्यक्रम सकेर फर्कदै गर्दा दासढुंगामा भएको जिप दुर्घटनामा परी मदन र जिवराजको निधन भएको थियो । तर उक्त जिप चालक अमर लामा जिवितै थिए, त्यो पनि रहस्मय तरिकाले । देशका प्रमुख पार्टीका पहिलो र दोस्रो व्यक्तिको निधन भएकाले सरकारकै तर्फबाट छानबीन आयोग गठन गरिएको थियो । सरकारी आयोगलाई विश्वास नगरेर एमालेका तर्फबाट केपी शर्मा ओली नेतृत्वमा छानबीन समिति बनाइएको थियो । तर उक्त दुर्घटनाको रहस्य अहिलेसम्म खुलेको छैन । 

अर्थात् रहस्यमय दासढुंगा दुर्घटनाको स्मृतिमा एमालेले वर्षेनि स्मृति कार्यक्रम गर्दै आएको छ । यसपालि पनि एमाले घटकहरुले विभिन्न स्थान र शैलीमा मदन–जिवराज स्मृति सभा गरेका छन् । संयोग अहिले दासढुंगा दुर्घटनामा छानबीन समितिका संयोजक रहेका नेता ओली देशका प्रधानमन्त्री छन् । यसपटक मात्र नभएर २०७२ साल यता चारपटक ओली प्रधानमन्त्री भइसकेका छन् । मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति भइसकेकी छन् । तर दासढुंगा दुर्घटनालाई अहिलेपनि रहस्मय भनेरै स्मृति सभा गरिदै आएको छ । प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीले पनि रहस्मय दासढुंगा दुर्घटना नै भन्दै आएका छन् । एमालेबाट प्रधानमन्त्री भइसकेका माधवकुमार नेपाल र झलनाथ खनाल सहित गृहमन्त्री भइसकेकाहरुले पनि उस्तै भाषा प्रयोग गर्दै आएका छन् । रहस्मय दुर्घटना भन्दैछन् । 

सार्वजनिक चुनौती चाहिँ उनै भण्डारी, ओली, खनाल र नेपालहरुप्रति हुने गरेको छ । मुलुककै नेतृत्व गरिसकेकोहरुले दुर्घटनाको रहस्य पत्ता लगाउन नसक्ने अनि रहस्यमय भनिरहनु संगतीपूर्ण नभएको उनीहरुको टिप्पणी छ । यस्तो टिप्पणीको जवाफ संभवतः नेताहरुसँग छैन । त्यसैले मदन र जिवराजलाई देखाएर शक्ति आर्जन गर्न चाहिरहेको अनुमानलाई बल पुगिरहेको छ । पक्कै पनि उक्त दुर्घटना मुलुकका निम्ति दुर्भाग्य थियो । देशलाई नै प्रष्ट गोरेटो देखाइरहेका नेताहरुको त्यो दुर्घटनामा निधन भएको थियो । त्यसैले योग्य छानबीन आयोग र त्यसले प्रष्ट प्रतिवेदन दिनुपथ्र्यो । दुर्घटनामाथि राजनीति गरिन हुन्न थियो । तर त्यो घटनालाई रहस्मय बनाइयो । अझ पनि समय छ, दुर्घटनाको तथ्य सार्वजनिक गरियोस् । मुलुककै नेतृत्व गर्नेहरुले पनि गुनासो गरिरहनु संगतीपूर्ण र योग्यताको विषय होइन । 
 

ADV

सम्बन्धित खबर