काठमाडौं : नेपाल वायु सेवा निगमले अकस्मात उडान रोक्दा स्वदेश फर्किन क्वालालम्पुर विमानस्थल पुगेका सयौं नेपाली विमानस्थलमा अलपत्र परेका छन् । नेपाल एयरलाइन्सले अप्रिल २ तारिख शुक्रबार र अप्रिल ३ तारिख शनिबार विहानका लागि तय गरेको उडान आर.ए. ४१६ को फ्लाईट रद्ध गरेपछि मलेसिायका विभिन्न शहरबाट क्वालालम्पुर विमानस्थल पुगेका यात्रु अलपत्र परेका हुन् ।
नेपाल एयरलाइन्स मलेसियाका फाइनान्स म्यानेजर ईन्द्र थापाले प्राविधिक कारणले नेपाल एयरलाइन्सको क्वालालम्पुर काठमाडौंका लागि तय भएको अप्रिल २ र ३ तारिखको फ्लाईट क्यान्सिल भएको जानकारी दिएका छन् ।
थापाका अनुसार अर्को उडान अप्रिल ४ तारिख आइतबार बिहान स्थानीय समयानुसार ५ बजेर ४५ मिनेटमा हुने छ । उनले नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत सोही टिकटमा नेपाल फर्काइने र यात्रुले अन्य शुल्क तिर्न नपर्ने बताएका छन् ।
तर स्वदेश फर्किने यात्रु अनिवार्यरुपमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट साथमै हुनुपर्ने नियमले यात्रुहरुलाई समस्या पारेको बताइएको छ । नेपाल फर्किन विमानस्थल पुगेका एक यात्रुले कोरोना परीक्षण रिपोर्टको अवधि सकिएर विमानस्थलमै अलपत्र परिने अवस्था आएको गुनासो गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies