२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

बेपत्ता युवकको जंगलमा शव भेटियो

shivam cement
२०८२ जेठ ६ गते १२:३५
Shares
बेपत्ता युवकको जंगलमा शव भेटियो

बागमती : विगत छ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका एक युवकको शव नजिकैको जंगलमा फेला परेको छ ।

यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका-५ कोइराला डाँडास्थित थली जंगलमा शव फेला परेको हो ।

घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जंगलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

ताजा खबर

सम्बन्धित खबर