२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार, ५० र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १३:२९
नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार, ५० र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय

काठमाडौं : नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्दै उनले पहिलो निर्णय स्वरूप ५० रुपैयाँ र १ हजार रुपैयाँ दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीतिबीचको सम्बन्धबारे स्पष्ट धारणा राखे । उनका अनुसार, मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभएर स्वतन्त्र नीति हो । तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिबाट अवरोध भएमा त्यसमा आवश्यक परिमार्जन गरिने उनले बताए ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा गभर्नरका अर्का आकांक्षी गुणाकर भट्टको राजीनामाबारे उनले त्यो आन्तरिक विषय भएको उल्लेख गरे ।

पौडेलले नियमनको भार कम गर्दै बैंकिङ क्षेत्रको सुपरीवेक्षण क्षमता बढाउनु आवश्यक रहेको धारणा राखे । साथै, उपयुक्त कर्जा नीति ल्याउनुपर्नेमा पनि उनले जोड दिए । मौद्रिक नीति तयार पार्नुअघि सरोकारवालासँग व्यापक छलफल र परामर्श गरिने उनले स्पष्ट पारे ।

ADV

सम्बन्धित खबर

Advertise