२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग

Nada
२०८२ जेठ ७ गते २१:०९
Shares
सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समयदेखि निरन्तर रूपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सो संस्थाका लागि सहयोग गरेको हो ।

ncell

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरूलाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब दुई महिनासम्मलाई पुग्नेगरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ । संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप महिलाहरू र उनका बालबालिकाहरूलाई सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सम्बन्धित खबर