तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा (कतार) : कतारले आफ्नो देश बाहिर कोरोना खोप लगाएको कुनै पनि व्यक्तिले क्वारेन्टिन बस्न नपर्ने बताएको छ । कतारले फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएका आप्रवासीहरु होटेल क्वारेन्टिन बस्न नपर्ने बताएको छ । तर कतार सरकारले तोकेका अन्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।
स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज बाहेकका अन्य दुई खोप लगाइसकेको हुनुपर्ने बताएको छ । तर खोप लगाएको १४ दिन पुगिसकेको हुनु पर्नेछ भने खोप लगाएको आधिकारिक प्रमाण पेश गर्नु पर्नेछ । त्यसमा खोपको नाम र सिरियल नम्बर अनिवार्य गरिएको छ । कतार प्रवेश गर्नु अगाडि कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट पनि अनिवार्य गरिएको छ ।
खोप लगाएको मिति स्पष्ट हुनुपर्ने र मोबाइलमा एतराज एप ग्रिन हुनुपर्ने भन्दै मन्त्रालयले खोप लगाएको १४ दिन नपुगेको अवस्थामा क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies