काठमाडौं : मलेसियाका ग्लोब्स कम्पनीहरुमा श्रम शोषण भएको भन्दै उत्पादन आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कदमकोे पश्चिमी मुलुकहरुले आलोचना गरेका छन् ।
बेलायतका आप्रवासी कामदार अधिकारकर्मी एण्डी हालले श्रम शोषणको आरोप लगाएर मलेसियाको विश्व चर्चित टप ग्लोब्स कम्पनीका उत्पादनको आयातमा प्रतिबन्ध लगाएर अमेरिकी कष्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबिपी)ले पक्षपात गरेको भन्दै अमेरिकी कदमको आलोचना गरेका हुन् ।
मलेसियामा धेरै ग्लोब्स उत्पादन कम्पनी रहेकोमा अमेरिकाले टप ग्लोब्समा कार्यरत आप्रवासी मजदुरहरुका विषयमा मात्र प्रश्न उठाउन न्यायोचित नभएको भन्दै टप ग्लोब्सले सुधारका कामहरु जारी राखेको विषयलाई अमेरिकाले जानकारीमा राख्नु पर्ने बताएका छन् ।
टप ग्लोबसमा नेपाली र बंगलादेशलगायतबाट गएका आप्रवासी कामदारमाथि शोषण भएको सिबिपीको आरोप छ । टप ग्लोब्सका प्रमुख कार्यकारी निर्देशक लिम वीले कम्पनीको उत्पादन र प्रतिष्ठामाथि क्षति पुर्याएको बताउँदै आएका छन् । टप ग्लोब्समाथि कामदार भर्ना, उपचार र वासस्थनको उचित प्रबन्ध नगरेको र केही कामदार एक वर्षसम्म कम्पनीबाट बाहिर निस्कनसमेत नदिएर यातना र हिंसा गरेको आरोप छ ।
यता मलेसियाको भ्रष्टाचार निवारण आयोग (एमएसीसी) ले नक्कली अस्थायी वर्क परमिट (पीएलकेएस) जारी गर्ने, भिसा लगाउने र अध्यागमन विभाग प्रणालीको डाटालाई ह्याक गर्ने संजाल र ब्यक्तिहरुको पत्ता लगाई प्रशासनद्वारा पक्राउ गरेको छ ।
अध्यागमन विभागको सहयोगमा क्वालालम्पुरको वरिपरि चलाइएको बृहत् छानविन अभियानमा नक्कली भिसा लगाउने सिन्डिकेटका प्रमुख र एक दातुकसहितका पाँचजना व्यक्तिलाई पक्राउ गरिएको स्थानीय दि–स्टारले उल्लेख गरेको छ । मलेसियाको अध्यागमनले उक्त गिरोहसँग जोडिएका थप अन्य ब्यक्तिहरुको पनि खोजीकार्य जारी रहेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies