काठमाडौं : धुनिवेशी नगरपालिका–९जुगेडीमा रहेको के एल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ४२ जना स्थानिय महिलाहरूका लागि निशुल्क तीनमहिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण दिएको छ ।
महिलाहरूलाई आत्मनिर्भर साथ उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । युनाइटेड सिमेन्ट्सका महाप्रबन्धक हरिकुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताए ।
धुनिवेशी नगरपालिका– ९ का वडा अध्यक्ष माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्सलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।