काठमाडौं : मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइएमओ) को सहयोगमा विभिन्न जेलमा रहेका २४ जना नेपाली कामदारहरुलाई उद्धार गरी नेपाल फर्काएको छ । उनीहरुलाई शुक्रबार साँझको हिमालयन एयरलाइन्सको फ्लाईटबाट नेपाल पठाइएको हो । उनीहरु शनिबार विहान नेपाल आइपुगेका छन् ।
नेपाली दूतावसका अनुसार प्रकाश मल्ल, दिल्लीराम खत्री, राम कुमार मण्डल, सुरेन्द्र प्रसाद बर्मा, जितेन्द्र पाशमान, गोपाल चन्द, बिकास काहार, प्रेम बहादुर यासमाली मगर, राजकुमार तामाङ, लक्षुमण तामाङ, संजीव कुमार यादव, रामविश्वास राय, अपलेन्द्र यादव, भिमराज लिम्बू, पुर्णकुमार राई र कुन्दनलाल चौधरीलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
त्यसैगरी फर्किन पाएका अन्य व्यक्तिहरुमा शिवचन्द्र यादव, शिवकुमार मुखिया, रन्जित कुमार चौधरी, दिलिप मगर, नुर मोहम्मद सफि, राजेश कुमार यादव, रमेशकुमार यादव, सतेन्द्रकुमार यादव र चुदिन्द्र खड्का रहेका छन् ।
नेपाली दूतावास मलेसियाको द्वितीय सचिव र जेल तथा डिटेण्सन शाखा प्रमुख प्रेम बुढा थापाले विभिन्न कारणले तोकिएको जेल सजाय पूरा गरेका उनीहरु नेपाल फर्किने जहाज टिकट र कानूनी कागजातको अभावमा जोहोरवारुस्थित घर फिर्ती केन्द्रमा रहेको बताए ।
द्वितीय सचिव थापाले आइओएमले उनीहरुलाई स्वदेश फर्किने जहाज टिकट उपलब्ध गराएको थियो भने मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण वापतको खर्च सहयोग गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies