२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

समृद्धि फाइनान्सको अध्यक्षको सपथ ग्रहण सम्पन्न

मध्यान्ह
२०८२ जेठ ९ गते २१:२३
समृद्धि फाइनान्सको अध्यक्षको सपथ ग्रहण सम्पन्न

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजयकुमार मिश्रको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नवनियुक्त अध्यक्ष मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत् सेवा दिँदै आएको छ । मोबाईल बैंकिङ, डेबिट कार्ड आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर