-डा. हेमराज कोइराला
रोग लाग्न दिनुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा ठूलो उपचार हो । रोग नै लाग्न नदिनको लागि भने हाम्रा दैनिक आहार र व्यवहारमा परिवर्तन आउन आवश्यक रहन्छ । हाम्रा दैनिक आहार र व्यवहार स्वस्थ हुने तर्फ उन्मुख हुनुपर्दछ । स्वस्थ र सन्तुलीत भोजन दैनिक रुपमा आहारमा समेट्न सकेमा पनि व्यक्ति निरोगी रहन सक्दछ ।
निकै नै डरलाग्दो मानिएको क्यान्सरलाई पनि आहार र व्यवहार परिवर्तन गरेर पराजित गर्न सकिन्छ । क्यान्सर लागिसकेपछि उपचार गर्नुभन्दा लाग्न नै नदिनको लागि हाम्रा दैनिक आहार र व्यवहारहरु स्वस्थ हुन आवश्यक छ । यहाँ के–कस्ता खानेकुरा दैनिक भोजनमा समेट्न सकेमा व्यक्ति क्यान्सरको जोखिमभन्दा टाढा हुन्छ भनि उल्लेख गरिएको छ । जान्नुहोस् क्यान्सरको जोखिमबाट टाढा राख्न महत्वपूर्णं भूमिका खेल्ने केहि खानेकुरा :
१. ओखर
पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले ओखरमा प्रशस्त पालीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने आक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ । अमेरिकन इंस्टिट्यूट आफुँ क्यान्सर रिसर्चका अनुसार ओखरमा कापर मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्वहरु पनि पाईन्छ जुन क्यान्सर प्रतिकारी छन् । क्यान्सर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानुपर्छ ।
२. गोलभेँड़ा
गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ । जनावरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेवनले प्रोस्टेट क्यान्सरबाट बचाउने तथ्य सार्वजनिक भएको छ । विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेँडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ ।
३. ग्रीन टी
ग्रीन टी मा प्रसस्त पालीफेनोल्स एंड फ्लेवोनायड्स जस्ता एंटीआक्सीडेंट पाइन्छ । ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनायड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर, ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ । ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको कैंसर को जोखिमलाई कम गरेको वैज्ञानिक दाबी छ । तर धेरै मात्रामा ग्रीन टी लीदा एसले दबाईहरुसँग प्रतिक्रिया गरी नोक्सान पुर्याउन सक्छ ।
४. लसुन
लसुन र एलियम वर्गका तरकारीहरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ । यी वर्गका तरकारीहरूले खास गरेर पेट तथा ठुलो आन्द्राको क्यान्सरमा विशेष प्रतिकारी भूमिका खेलेको अनुसन्धानहरुले जनाएको छ । यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठूलो आन्द्राको र पेटका ट्युमरको वृद्धिलाई मन्द गरेको र रोकेको प्रमाणहरू पनि जुटिसकेको छन् । लसुनमा पाईने डाई–एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको क्यान्सर हुन नदीन प्रभावकारी भूमीका निभाएको पाइएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोषहरुलाई समेत नष्ट पार्ने क्षमता पुष्टी गरेको छ ।
५. ब्रोकाउली
ब्रोकाउली र अन्य क्रुसिफेरस तरकारीहरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फाईबर र मयाग्नीज जस्ता तत्वहरू प्रशस्त पाइन्छन् । यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्वहरू पनि पाइन्छ । यी तत्वहरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन् ।
६. स्याउ
स्याउमा प्रशस्त मात्रामा भिटामीन सी र फाइबर पाइन्छ । यसमा कुरसेटिन, एपीक्याटेसिन र, भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़हरू पनि पाइन्छ ।
७. आलस
आलसको दानामा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्वहरु पाइन्छ । यसका अलावा भिटामिन ई, अल्फा–लिनोलेनिक एसिड ओमेगा –घ फ्याट जस्ता तत्वहरू पनि पाइन्छ ।
८. चेरी
दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पु¥याउँछ । चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रशस्तै फाइबर पाइन्छ ।
९. गहुँको जमरा
गहुँको जमरामा धेरै क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन । गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने जोमा विषाक्तता एवं मूल्यवान वस्तुको रूपमा तुलना पनि गरिन्छ । जुन तत्वले क्यान्सर प्रतिरोधीको रुपमा पनि भूमिका खेलेको छ ।
१०. हरियो सागपात
लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनाइड, र फाइबर पाइन्छ । यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्वहरु हुन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies