दोहा, कतार : कतारमा विदेशी कामदारको स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । कतारको सुरा काउन्सीलले विदेशी कामदारलाई समेत समेटेर नयाँ कानून पारित गरेसँगै रोजगारीका लागि कतार जाने विदेशी कामदारको अनिवार्य स्वास्थ्य बीमा हुने भएको हो ।
नयाँ कानूनमा आवासीय अनुमति परिचयपत्र जारी गर्नुअघि विदेशी कामदारको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था छ । विदेशी कामदारको बीमा खर्च रोजगारदाताले व्यहोर्नुपर्ने छ । बीमाले कतारमा रहँदा कुनै स्वास्थ्य समस्या आइपरेमा उपचार खर्च व्यहोर्ने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies