पोखरा : प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बाग्लुङ नगरपालिका–२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टको सेवामा छुट हुने भएको छ । बैंक र होटेलबीच भएको समझदारीअनुसार बैंकका ग्राहक र कर्मचारीले होटेलको सेवामा छुट पाउने भएका हुन् । रिसोर्टका तर्फबाट महा–प्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा रिसोर्टले आवासमा १५ प्रतिशत र खाना तथा मनोरञ्जनलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । इला कम्फर्ट होटल एण्ड रिसोर्टमा आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण भएको जनाइएको छ ।