२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

एमएडब्लू वृद्धिद्वारा जोमसोममा चार्जिङ स्टेसन स्थापना

मध्यान्ह
२०८२ जेठ ११ गते २१:०७
एमएडब्लू वृद्धिद्वारा जोमसोममा चार्जिङ स्टेसन स्थापना

काठमाडौं : एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा सीसीएसटु इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन उद्घाटन गरेको छ । जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम भएको कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धिले हाल नेपालभर एक सय १६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएसटु चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवद्र्धन गर्ने कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर