२०८२ जेठ १२ गते सोमवार / May 26 , 2025 , Monday
२०८२ जेठ १२ गते सोमवार
Ads

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सहकार्य

मध्यान्ह
२०८२ जेठ ११ गते २१:०८
सिटिजन्स बैंक र लोमस डिजिटलबीच सहकार्य

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटल प्रालिबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ह्वीलपल र किचनएड ब्रान्डका उत्पादनहरूमा आकर्षक छुट पाउने भएका छन् ।

बैंकले डिजिटल कारोबारको प्रवद्र्धन गर्दै ग्राहकलाई नगद कारोबारको साटो डिजिटल माध्यमको उपयोग गर्न उत्प्रेरित गर्न यस्तो सहकार्य गरेको जनाएको छ । सम्झौतासँगै ग्राहकलाई उपभोक्तामैत्री सुविधा प्रदान गर्न र डिजिटल बैंकिङको प्रभावकारिता बढाउने उद्देश्य लिएको बैंकको भनाइ छ ।

ADV

सम्बन्धित खबर