२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एनआईसी एसियाको कर्पोरेट कार्यालय कमलादीमा

Nada
२०८२ जेठ १२ गते २१:४६
Shares
एनआईसी एसियाको कर्पोरेट कार्यालय कमलादीमा

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट शनिबार उद्घाटन सम्पन्न भएको हो । 

ncell

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालयलगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो । 

कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका लिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित खबर