२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'मिसेस ब्युटी क्वीन नेपाल २०२४'को अडिसन सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार २५ गते १२:३०
'मिसेस ब्युटी क्वीन नेपाल २०२४'को अडिसन सम्पन्न

काठमाडौं : विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले 'मिसेस ब्युटी क्वीन नेपाल २०२४'को सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनबाट १५ जना छनोट गरिएको छ ।

काठमाडौं उपत्यकालगायत मोफसलका विभिन्न ठाउँबाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिका साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन् ।

उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम पनि खुला गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise