२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को टाइटल स्पोन्सरमा वर्ल्डलिंक

मध्यान्ह
२०८२ जेठ १३ गते २१:३९
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को टाइटल स्पोन्सरमा वर्ल्डलिंक

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ । सिजनको सुरुवात आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८ः३० बजे प्रसारण हुनेछ ।

करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र संगीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्शनको दाबी छ । सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, ‘यस सहकार्यले हामीलाई नेपाली आवाज, सपना र सम्भावनासँग अझ गहिरो सम्बन्ध गाँस्ने अवसर प्रदान गरेको छ, जसले हामीलाई अत्यन्तै गौरव महसुस गराएको छ ।’ 

उनले वर्ल्डलिंकले डिजिटल माध्यममार्फत् लाखौँ दर्शकसम्म नेपाली आवाज पु¥याउन र प्रतिभालाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।

ADV

सम्बन्धित खबर