२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

मध्यान्ह
२०८२ जेठ १५ गते १५:५०
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

काठमाडौं : सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशिल क्षेत्रमा रुपान्ततरण गर्ने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षमा रसायनिक मलको लागि २८ अर्ब ८२ करोड, उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड र चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिंचाइका लागि ३३ करोड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा ४ करोड २८ लाख माछामा भुरा र १० लाख फलफुलका बेर्ना वितरण गरिने भएको छ । यस्तै २० स्थानीय तहमा कफी नर्सरी स्थापना गरी १० लाख विरुवा वितरण गरिनेछ ।

ADV

सम्बन्धित खबर