२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

प्रदूषण न्यूनीकरण गर्न काठमाडौंका उद्योगहरु उपत्यका बाहिर सारिने

मध्यान्ह
२०८२ जेठ १५ गते १६:०९
प्रदूषण न्यूनीकरण गर्न काठमाडौंका उद्योगहरु उपत्यका बाहिर सारिने

काठमाडौं : काठमाडौंको प्रदूषण न्यूनीकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए । अर्थमन्त्री पौडेलका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

उद्योग, व्यवसाय, कृषि फर्म र हाउजिङ अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको समेत अर्थमन्त्री पौडेलले बताए । हदबन्दीका कारण विक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टहरूलाई विक्री गर्न पाउने व्यवस्था गरिने समेत उनको भनाइ छ । 

सरकारले अगामी आर्थिक वर्षमा जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानुनको पुनरावलोकन गर्ने जनाएको छ । 

ADV

सम्बन्धित खबर