२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

श्रम मन्त्रालयको बजेट ४ अर्ब २८ करोड

मध्यान्ह
२०८२ जेठ १५ गते १६:१८
श्रम मन्त्रालयको बजेट ४ अर्ब २८ करोड

काठमाडौं : सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको बताउनु भयो । उहाँले बेरोजगारी समस्यालाई दिगो रूपमा समाधानको लागि श्रम बजारको माग अनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने जिकिर गरे ।

अर्थमन्त्री पौडेलले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन गरेको जानकारी दिए । रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाहरूको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने उनले बताए । 

ADV

सम्बन्धित खबर