२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएवापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने

मध्यान्ह
२०८२ जेठ १५ गते १६:३०
विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएवापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने

काठमाडौं : नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर लिन पाउने भएका छन् । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए वापत स्वेट सेयर लिन पाउने कानूनी व्यवस्था गरिने बताए । उनले सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । 

विदेशमा लगानी गरेका कम्पनीहरूले आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ताको व्यवस्था गरिने बताए ।

ADV

सम्बन्धित खबर