२०८२ जेठ १९ गते सोमवार / Jun 02 , 2025 , Monday
२०८२ जेठ १९ गते सोमवार
Ads

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

मध्यान्ह
२०८२ जेठ १७ गते २१:२१
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

भारतको इन्डियन आयल कर्पोरेसनबाट मुल्य बढाएसंगै निगमले मूल्य बढाएको हो । 

पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेको निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन भने ३ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ५९ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जनाएको छ । यस्तैविराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्नेछ ।  बढेको मूल्य  शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर