२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

shivam cement
२०८२ जेठ १८ गते १२:०९
Shares
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

डोटी : केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालकसहित ८ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर